आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (५ साल अघि) ५०४ पाठक संख्या

वीरगन्ज, मंसिर १३ : जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेस गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् ।
साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुटो विवरण पेस गरी २०६३ सालमा लिएको नागरिकताको आधारमा छोराको नागरिकता बनाउन खोज्दा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
अनुसन्धानकाक्रममा सर्राफको नेपाल, भारत दुवैतर्फका नागरिकता भेटिएकाले यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

२०६३ सालमा स्थानीय जनप्रतिनिधिको सिफारिसमा टोलीले जथाभावी नागरिकता वितरण गर्दा त्यसको मौकाछोपी ५० प्रतिशतभन्दा बढी भारतीयले नक्कली विवरण पेस गरी नेपाली नागरिकता लिएकाले त्यसको छानबिन हुनुपर्ने वीरगन्जवासीको माग रहेको छ ।

इमेज खबर

प्रतिक्रिया दिनुहोस