आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कडा सुरक्षाकाबीच अवैध हतियार सहित दिल्लीमा एक जना पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (४ साल अघि) २३६ पाठक संख्या

जेठ ०१
काठमाडौं । भारतमा यतिबेला लोकसभाको निर्वाचन चलिरहेको छ । अवैध हतियार तथा अन्य शंकास्पद वस्तु प्रतिबन्ध लगाइएको छ ।

तर प्रतिबन्ध भनिएको अवैध हतियार खुल्म तस्करी भइरहेको प्रहरीले भेटाएको छ । राजधानी नयाँ दिल्लीमा प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा सुमित खरब भनिने लामु रहेका छन् । उनको घरबाट प्रहरीले ४ थान पेस्तोलसहित स्वदेशी टाम्पेस बरामद गरेको छ ।

लोक सभाको निर्वाचनलाई लक्षित गरेर १ लाख सेना तैनाथ गरिएको छ । त्यसमध्ये राजधानी दिल्लीमा ६१ हजार सेना तैनाथ छन् । सोही क्रममा प्रहरीले विशेष सूचनाका आधारमा अवैध हतियार तस्कर भइरहेको थाहा पाएपछि उनलाई पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस