आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१३ वर्षीया बालिका बलात्कृत

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (४ साल अघि) २५८ पाठक संख्या

 जेठ १ दोलखा,

छिमेकीको घरमा भइरहेको पूजामा हिँडेकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा भीमेश्वर नगरपालिका-४३ वर्षीय रामबहादुर तामाङ पक्राउ परेका छन् ।

बालिकालाई पूजा घर जान नदिइ जबरजस्ती करणी गरेको आरोप उनीमाथि लगाइएको छ । रामबहादुरलाई मुलुकी अपराध संहिता ऐन दफा २१९को उपदफा ३ अनुसार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जानकारी दिए।

तामाङले बालिकालाई ललाइफकाइ आफ्नो घरमा लगेर बलात्कार गरेको जाहेरी किटानी गरिएको छ। मुलुकी अपराध संहिताले बालिका जबरजस्ती करणी गर्नेलाई १४ देखि १६ वर्षसम्म हुनसक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस