आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पतिपत्नी र दाजुभाइ नै पोलिटब्युराे

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (४ साल अघि) ३३३ पाठक संख्या

जेठ ०२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो व्यग्रतापछि पोलिटब्युरो टुंगो लगाएको छ । १ सय ४७ सदस्यीय पोलिटब्युरोमा विघटित एमालेबाट ८१ र माओवादी केन्द्रबाट ६६ छन् ।

केही नेताको पतिपत्नी र दाजुभाइ नै पोलिटब्युरो भएका छन् । एमालेबाट राजेन्द्र पाण्डे र सुृरेन्द्र पाण्डे दाजुभाइ नै पोलिटब्युरो हुनुभएको छ । त्यस्तै पोलिटब्युरो सदस्य बन्नु भएका मुकुन्द न्यौपाने र केदार न्यौपाने पनि दाजुभाइ हुनुहुन्छ । त्यस्तै महेन्द्र पाण्डे र उहाँकी बहिनी विन्दा पाण्डे पनि पोलिटब्युरो बन्नुभएको छ ।

माओवादी पक्षबाट देवप्रसाद गुरुङ र उहाँकी पत्नी यशोदा सुवेदी पोलिटब्युरो बन्नुभएको छ । त्यस्तै लिलामणि पोखरेल र उहाँकी पत्नी शशी श्रेष्ठ पनि पोलिटब्युरोमा अट्नु भएको छ । त्यस्तै ऊर्जामन्त्री वर्षमान पुन र उहाँकी पत्नी पूर्व सभामुख ओनसरी घर्ती पोलिटब्युरो बन्नुभएको छ । दिनानाथ शर्माका दाजु मायाप्रसाद शर्मा पनि पोलिटब्युरोमा समेटिनु भएको छ ।

एमालेमा यसअघि पोलिटब्युरोमा रहनु भएकाका गणेशप्रसाद तिमिल्सिना र सानुकुमार श्रेष्ठ भने हटनुभएको छ । तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष र श्रेष्ठ प्रदेश ३ को सभामुख बन्नुभएपछि उहाँहरुलाई पार्टीले पोलिटब्युरोबाट हटाएको हो । पोलिटब्युरो मदन–आश्रित स्मृति दिवस पारेर शुक्रबार घोषणा हुने स्रोतले जनाएको छ ।
श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस