आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

झापामा ६ वर्षीया बालिका बलात्कृत

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (४ साल अघि) ३२९ पाठक संख्या

जेठ ०२

झापाको हल्दिवारी गाउँपालिका हल्दिबारी ३ मा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन्। अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार गत बिहीबार बेलुका विद्यालयबाट घर फर्किने क्रममा मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बालिकालाई किशोरले जबरजस्ती करणी गरेका थिए।

बलात्कृत बालिका घर रुदै पुगेपछि घटना बाहिरिएको हो। ती किशोरले यसअघि पनि ती बालिकालाई पटक पटक बलात्कार गरेको समेत खुलेको छ।

हाल बालिकाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घटनापछि पीडित बालिकाका परिवारजनले प्रहरी चौकी वडाबारीमा उजुरी दिएका हुन्। प्रहरी कार्यालय झापाले फरार रहेका किशोरको खोजी गरिरहेको डिएसपी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस