आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाख्रा चराउन गएकी बालिकामाथि बलात्कारको प्रयास

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (४ साल अघि) ३१२ पाठक संख्या

सप्तरी, जेठ २ गते ।

सप्तरीमा बाख्रा चराउन गएकी एक ८ वर्षीया बालिकामाथि बालात्कार प्रयास भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका .२ की आठ वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको हो ।

पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेपछि घटना बाहिरिएको हो । गत वैशाख २७ गते दिउँसो सोही ठाउँका ५५ वर्षीय कुलदेव ठाकुरले बाख्रा चराउन गएकी बालिकालाई प्रलोभनमा पारेर बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख छ ।

घटना पश्चात फरार रहेका ठाकुरलाई कानून बमोजिम कारबाही हुनुपर्ने पीडितकी आमाले माग गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले घटना पुष्टि गर्दै फरार ठाकुरको खोजी कार्य भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस