आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिकाको पटके सवारी करमा दादागिरी, चालक भन्छन् ठेकेदारले तोकेको भन्दा तेब्बरसम्म असुल्छन् ।

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (५ साल अघि) ९३२ पाठक संख्या

AP डेस्क
जीतपुर, मंसिर १३ : जीतपुरसिमरा उपमहानगरपालिकाले लिदै आएको पटके सवारी करका ठेकेदारले दादागिरी पुर्ण तरीकाले मनोमानि रुपमा रकम असुल्दै आएको छ । नगरपालिकाले पटके सवारी कर उठाउन गरेको सम्झैतालाई लत्याउदै ठेकेदारले दादागिरी पुर्ण तरिकाले पटके उठाउदै आएको हो ।
ठेकेदार संतोष कुश्वाहाको नाममा रहेको यस ठेक्कामा तोकिएको रकम भन्दा दोबर र तेबर रकम असुल्दै आएको सवारी चालकहरुले गुनासो गरेको छन् । हाल कुश्वाहाको नाममा रहेको पटके सवारी करमा तोकिएको ४० रुपैयाको लागि आफुहरुसंग एक सय रुपैया सम्म लिने गरेको ६८०६ नम्बरका ट्रक चालकको भनाई छ । चालकले आफुहरुलाई ४० रुपैयाको रसिद दिने तर एक सय सम्म मागने र नदिदाँ गाडि अगाडी बढ्न नदिने धम्क्याउने गरेको बताउनुभएको छ ।
यसरी चालकलाई ठेकेदार कुश्वाहाका मान्छेहरुले दिनदहाडै धम्क्याउदाँ र मनोपोलि रुपमा रकम असुली रहदा स्थानिय प्रहरीका साथै सम्बन्धित निकाय जीपतुरसिमरा उपमहानगरपालिका मौन बसेको छ ।
यस सम्बन्धि प्रहरी र नगरपालिकाको कार्यालय जीतपुरलाई पटक पटक जानकारी गराउदाँ समेत आफुहरु सुरक्षित नभएको प्रति चालकले दुखेसो पोखेका छन् ।
केहि समय पहिले कुश्वाहाका मान्छेहरुले दालमलिको नाकामा आफुले मागे अनुसारको रकम नदिदा एक चालकलाई हानेर टाउको समेत फुटाई सकेका छन् । भने भारतीय सवारी साधनसंग एक सय लिनुपर्ने ठाउँमा दोबरसम्म उठाउदै आएका छन् ।
यसरी ठेकेदार कम्पनीले दादागिरी गरीरहदा प्रहरी मौन बस्नुमा समेत चालकहरु चिन्तीत छन् । उनिहरुले आफुहरुलाई गाडी साउँले रसिद बमोजिमको रकम दिएपनि यहाँ बढि तिर्दा घाटा हुने गरेकोले सम्बन्धित निकायसंग न्यायको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस