आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आफुहरु कसैलाई समाजीक बहिस्कार नगरेको धरम्पुर बासिको भनाई

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (४ साल अघि) ३३६ पाठक संख्या

एपी संवादाता
कलैया, जेठ १ : बाराको सुवर्ण गाउपालिका ६ धरमपुर निवासी अवधेश प्रसाद यादवको परिवारलाई आफुहरुले समाजिक बहिष्कार नगरेको धरमपुरको स्थानिय अगुवाहरुले बताएका छन् । बाराको कलैयामा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै धरमपुरका स्थानीयहरुले आफुहरुले कसैलाईपनि समाजिक बहिष्कार नगरेको जानकारी गराएका हुन् ।

अवधेश यादवको बुवा अनुठा यादवको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भए पश्चात छोराहरुले बुवाको काज किरिया सात दिनमै सत साहेबको धार्मिक परम्परा अनुसार गरेका थिए । सत साहेबको धार्मिक परम्परा अनुसार उनका बुवाको काज किरिया समपन गरेको हुँदा त्यसमा स्थानीय अगुवाहरुले कुनै किसिमको अवरोध नगरेको साविक मझरिया गाविसका पुर्व वडा अध्यक्ष रामाधार प्रसाद यादवले बताए ।

सडक बिस्तारको काम स्थानिय स्तरमा भैइरहेको हुदा बिस्थापित भनिएका अवधेश यादव र उनका भाइ पप्पु यादवको सडक छेउमा रहेको घरको पर्खाल र धरमपुर चौक स्थित रहेको मिलको घर भत्काईएको कारण त्यसको रिशवी साध्न बिन्दवा अहिरिन र उनका छोराहरु अवधेश यादव र पप्पु यादवले आफुहरुलाई यो आरोप लगाएको पत्रकार समेलनमा सहभागी अगुवाहरुले बताएका छन् ।

आफुहरुलाई समाजिक बहिष्कार गरेको भन्दै बदनाम गर्न खोज्ने यादवको परिवारहरु बिगत लामो समय देखि हेटौंडामा कुखुरा फार्म संचालन गर्दै आएको पत्रकार समेलनमा जानकारी गराईएको छ ।

मृत्क अनुठा यादबलाई दाह संस्कार गर्न जाँदा निजका परिवार बिन्दवा अहिरिनले आफ्नो श्रीमानको शवलाई नछुन र आफ्नो घरबाट बाहिर जान भनी सम्पुर्ण गाउँलेहरुलाई भनेकी अहिरिनले आफुलाई समाजिक बहिष्कार भन्दै लगाईएको आरोप निराधार रहेको स्थानिय अगुवाहरुले खण्डित गरेका थिए ।

पत्रकार समेलनमा महागढीमाई ८ को वडा अध्यक्ष जहिर अंसारी , सुर्वर्ण गाउपालिका वडा नम्बर ६ का वडा सदस्य जीमिलाल प्रसाद यादब, बिधानन्द यादव, श्रीनिवाश चौरसिया, मुनसी यादव, उपेन्द्र यादव, स्थानिय भैरव प्रसाद यादब, डा. मिश्रीलाल चौरसिया, बैजनाथ गिरी, रामअश्रेप्रसाद यादब, गणेश प्रसाद यादब, मृत्कका भतिजा राजेन्द्र प्रसाद यादब लगायत धरमपुरका अगुवाहरु सहभागी रहेका थियो ।

प्रतिक्रिया दिनुहोस