आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैया सुन्दर बस्तिका बासिलाई मुख्य सडकमा जान सहायक बाटो नहुदा समस्या

AuthorAP Khabar२०७५ मंसिर १४, शुक्रबार (५ साल अघि) ५७३ पाठक संख्या

AP डेस्क
जीतपुर,मंसिर १४ : कलैया उपमहानगरपालिका–४ सुन्दर बस्तिका दलित समुदायका बासिहरुलाई मुख्य सडकसंग जोडिने सहायक बाटो नहुदा समस्या हुने गरेको छ । लगभग १५÷१६ वर्षदेखि बसोवास गर्दै आएका यस बस्तिबाट मुख्य सडकसम्म पुग्ने सहायक सडक नहुदाँ यहाँका स्थानियलाई अवातजावत गर्न समस्या हुने गरेको हो ।

स्थानिय तहको निर्वाचनमा सडकबनाई दिने मुख्य एजेन्डा लिएर यस बस्तिमा मत माग्न आएका नेताहरुले जितेर गएपछि एक दिनपनि आफ्नो समस्याबारे हेर्न समेत नआएको स्थानियहरुले गुनासो गरेका छन् । बिगत १५ वर्षदेखि आर्काकै जग्गा भएर मुख्य सडकमा जाने गरेको बताउदै आफ्नो बस्तिबाट सकड सम्म जोडिने सहायक बाटो बनाउन पटक पटक स्थानिय निकायसंग माग गर्दापनि चासो नदिएको स्थानिय नन्दु मलिले गुनासो गरेका छन् ।

अर्काको खेत भएर जाने गरेको बताउदै खेतको आलिबाट जानेक्रममा खेत साउँले आफुहरुलाई यताबाट नजाउ भनेर पटक पटक गालि दिने गरेपनि आफुहरु बाध्य भएर त्यहीबाटो आउनेजाने गरेको स्थानिय गिता देविको भनाई छ । यता यस सुन्दर बस्तिमा वडा अध्यक्ष र स्थायिनको पहलमा कलैया उपमहानगरपालिकाले बाटोको निकासा गर्न पहल गर्ने कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादबले जानकारी दिनुभएको छ । उहाँले केहि समय भित्रे यस बस्तिका बान्दिालाई सडकसंग जोडने प्रतिबद्धता जोहर गर्नुभएको हो ।

लगभग ५ कट्ठामा रहेको यस बस्ति १७ परिवारले बसोबास गर्दै आएका छन् । यस बस्तिबाट मुख्य सडक जोडिन सुन्दरबस्तिका बासिहरुलाई दुई किता खेत पारगरेर सकडमा जानुपर्ने बाध्यता रहेको छ । सडक नभएके कारण यहाँ विधुत, खानेपानी लगाएत विकासका पुर्वाधारहरुपनि पुग्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस