आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बहुक्षेत्रीय पोषण योजना सम्बन्धि एकदिने अन्तरकृया कार्यक्रम

AuthorAP Khabar२०७५ मंसिर १४, शुक्रबार (५ साल अघि) ४७८ पाठक संख्या

AP संवादाता
जनकपुरधाम, मंसिर १४ : प्रदेश नं २ मा कुपोषणको अवस्था भयावह रहेको तथ्यांक सार्वजनिक गरिएको छ । पोषणका लागि नागरिक समाज संजाल नेपाल सिसानले आयोजना गरेको संचारकर्मीहरु संगको एकदिने अभिमुखीकरण कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।

तथ्यांक अनुसार प्रदेश नं २ मा ३७ प्रतिशत बालबालिका कुपोषणको शिकार भएका छन् भने १४.४ प्रतिसतमा ख्याउटेपनको शिकार रहेको सार्वजनिक गरिएको छ । त्यसैगरि ३६.८ प्रतिशतमा कमतौल रहेको छ । यसैगरी बालबालिकामा रक्त अल्पता ५९.४ रहेको र महिलामा ५७.८ प्रतिसत रहेको पाईएको छ ।

कार्यक्रममा बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक हेमन्त झाले सहि पोषणको कमीले प्रदेश नं २ मा बालबालिकामा कुपोषण देखा परेको बताउनुभएको हो । उहाले प्रदेश नं २ मा सवै कुराको उपलव्धता भएपनि जनचेतनाको अभावका कारण यहाँका बालबालिका कुपोषणको शिकार हुनुपरेको प्रति चिन्ता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दे झाले प्रत्येक स्थानिय निकायले योजना वनाएर अगाडी बढे यस प्रेदशमा कुपोषणलाई निरमुल पार्न सकिने दाबी गर्नुभयो । उाँले कुपोषणको सिकार भएका बालबालिका भोली आफै अभिभावक बन्दापनि त्यसबाट जन्मने बच्चा कुपोष्ण युक्त हुने बताउदै यस समस्याको समाधान गर्न योजनाबद्ध रुपमा अगाडी बढुनपर्ने कुरामा जोड दिनुभयो ।

कुपोषण सम्वन्धि समस्या सामाधानका लागि प्रदेश नं २ को आठ जिल्ला मध्ये सिरहा बाहेक सवै जिल्लामा वहुक्षेत्रीय पोषण योजना लागु गरिएको छ । पोषणका लागि नागरिक समाज संजाल नेपालको अध्यक्ष जयराम साहको अध्यक्षतामा भएको अभीमुखीकरण कार्यक्रममा धनुषा जिल्लाका संचारकर्मीहरुको व्यापक उपस्थिती रहेको थियो ।

नेपाल जनसाङ्खिक सर्वेक्षण २०१६ अनुसार ५ बर्ष मनिका ३६५ बालबालीकाहरु दिर्घ कुपोषण तथा पुड्कोपनबाट प्रभावित भएका छन् भने १०५ ख्याउटेपन र २७५ कम तौलको कारणले कुपोषीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस