आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रशासन कार्यालय अगाडि डाँको छोडेर राेए मोरङका पत्रकार

AuthorAP Khabar२०७६ जेष्ठ ५, आईतबार (४ साल अघि) ३०९ पाठक संख्या

जेठ ५ विराटनगर । सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा सञ्चारकर्मी सडकमा उत्रिने क्रम जारी छ । यसै सिलसिलामा मोरङका पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडि रोएर सरकारले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी ल्याएका विधेयकको विरोध गरेका छन् ।

पत्रकार महासंघ मोरङले प्रशासनअघि विरोध जनाउने क्रममा सरकारले प्रेस स्वतन्त्रता कुल्चिने गरी ल्याएको विधेयक हुबहु पास भए त्यसले श्रमजिवी पत्रकारको गरी खाने बाटो बन्द हुने र डाँको छोडेर रुन पर्ने स्थिति आउने भन्दै तत्काल त्यसलाई सँच्याउन माग गरेका छन् । संघले प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी विधयेक तत्काल फिर्ता लिन माग गरेको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाले पत्रकारलाई लेख्न, बोल्न र दृश्य देखाउन पाउने अधिकारमाथि नै धावा बोलेर सरकारले वास्तवमै रुने अवस्था सिर्जना गर्ने हुँदा खवरदारीको लागि रुने कार्यक्रम आयोजना गरिएको जानकारी दिएकाे छ ।

कार्यक्रममा सहभागी पत्रकारहरुले लोकतन्त्रको आधार नै पूर्ण प्रेस स्वतन्त्रता रहेकाे र समाचार लेखेकै आधारमा १ करोडसम्म जरिवाना गर्ने सरकारको नीतिले पत्रकारको अधिकारमाथि नै धावा बोलेर अधिनायकवाद लाद्न खाजेको आरोप लगाए ।

नेपाल सरकारले हालै प्रस्ताव गरेको विधयेकमा समाचार लेखेकै आधारमा पत्रकारलाइ एक करोड रूपैयाँसम्म जरिवाना र १५ वर्ष जेल सजायँ हुने प्रावधान छ ।जुन प्रावधान विरूद्ध महासंघ आन्दोलित छ

प्रतिक्रिया दिनुहोस