आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्साको ग्रामीण क्षेत्रमा गांजाको खेती बढ्दो ।

AuthorAP Khabar२०७५ मंसिर १५, शनिबार (५ साल अघि) ५४६ पाठक संख्या

पर्सा, मंसिर १५ : पर्साको ग्रामीण क्षेत्रमा बन्द भएको गाजाको खेती फेरि शुरु भएको छ । प्रहरी प्रशासनले कडाइ र कार्वाही अभियान थालेपछि पर्सामा २०६७ साल देखि पूर्ण रुपमै बन्द भएको गाजा खेती अहिले भने फेरि शुरु भएको हो । पर्साको सोनवर्षा ,शंकरसरैया , पटेर्वासुगौली , सुवर्णपुर , मधुवन मथवल ,निर्मलवसती ,बिजय बस्ती, निचुटा, प्रसौनीविर्ता ,सखुवा प्रसौनी, गादी, बागेश्वरी तित्रौना लगायतका साबिक का गाविसहरुमा किसानहरुले गाजा रोपेको स्थानीयवासीले बताएका छन् ।

चितवन राष्ट्रिय निकुन्ज र डिभीजन बन कार्यालय पर्साको  जंगलसंग जोडिएका क्षेत्रहरुमा बढि जसो गाजा खेती गरिएको छ ।

यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानहरुले गाजा रोपेका छन् । ७/८ वर्ष देखि गाजाको खेती बन्द भएका कारण पर्सामा गाजाको बीउको अभाव भएपछि यहाका किसानहरुले मकवानपुरका पहाडी गाविसबाट बीउ ल्याएर रोपेका हुन् ।

कतिपय स्थानमा भने किसानहरुले गाजाका कारोबारीहरुको लगानीमा गाजाको खेती गरेको गाँउलेहरुले बताएका छन् । तर पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने आफुलाइ गाजा खेती भएको बारेमा कुनै जानकारी नभएको भन्दै तत्काल त्यस क्षेत्रमा गाजा खेती फाडने प्रहरी टोलि परिचालन गरिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस