आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ ७, मंगलबार (४ साल अघि) २७५ पाठक संख्या

जेठ ७
झापा,

अर्जुनधारा नगरपालिका–१ स्थित तीनघरेमा ट्रयाक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो मे १ त ५००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री अर्जुनधारा–१ का १९ वर्षीय अर्जुन प्याकुरेलको मृत्यु भएको हो ।

उत्तर–दक्षिण भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ट्रयाक्टरले प्याकुरेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिलला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । ठक्कर दिने ट्रयाक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस