आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यस्ता लक्षणहरू देखिएमा तपाईंलाई हुन सक्छ पाठेघरको क्यान्सर

AuthorAP Khabar२०७६ जेष्ठ ८, बुधबार (४ साल अघि) २९३ पाठक संख्या

जेठ ०८
महिलाहरूलाई प्रायगरी पाठेघरको रोगले निकै नै सताएको हुन्छ । अझ विशेषगरी पाठेघरको क्यान्सरले महिलाहरूलाई सताएको हुन्छ । पाठेघरको क्यान्सरको यकिन कारण हालसम्म पत्ता लागेको छैन ।

वैज्ञानिकहरूले पाठेघरको क्यान्सरको ठोस कारण पत्ता लगाउन नसके पनि हालसम्मको अनुसन्धानबाट केही कारक तत्त्वहरू प्रमाणित गरेका छन् । जसमा, लामो समयसम्म एक्ट्रोजेन हर्मोन मात्र सेवन गर्नु, धेरै जनासँग यौनसम्पर्क राख्नु जस्ता केही कारक तत्वहर भने प्रमाणित गरेका छन् ।

पाठेरको क्यान्सरको रोकथाम कठिन छ । हामीलाई थाहा भएका सम्भावित कारणहरू र हानिकारक तत्त्वहरू त्यागेर रोकथामको प्रयास गर्ने हो । संक्रमणको समयमै उपचार, सन्तुलित आहारविहार, सुरक्षित यौन अभ्यास, धुम्रपान त्याग, नियमित रूपमा योनिश्रावको परीक्षण, शारीरकि अभ्यास, लाक्षणिक उपचार, मनोवैज्ञानिक सहयोग, क्यान्सरका बारेमा जनचेतना विस्तारजस्ता उपायहरूले रोग प्रतिरोधात्मक शक्ति तथा मनोबल वृद्धि हुन्छ ।

समयमै उपचार गरेमा पाठेघरको क्यान्सरबाट ८४ प्रतिशत बाँच्ने सम्भावना हुन्छ । पाठेघरको पूर्णरूपमा क्यान्सर भइसकेपछि ८३ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्छन् भने सुरुको अवस्थामा निदान भएका ९६ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्ने सम्भावना हुन्छ ।

हाम्रोजस्तो अविकसित, स्वास्थ्य चेतना एवं सेवा केन्द्रीकृत भएको मुलुकमा कमसेकम प्रत्येक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड र योनिश्रावको जाँच गर्ने न्यूनतम व्यवस्था भएमा पाठेघरको क्यान्सरको समयमै निदान भएर महिलाको मृत्युदर घट्ने सुनिश्चित छ । ४० वर्षभन्दा कम उमेरका महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।

सामान्य लक्षणहरूः
१. असामान्य रूपमा योनीबाट रक्तश्राव हुने (यस समस्या भएका ९० प्रतिशत महिलामा योनीबाट असामान्य रुपमा रक्तश्राव हुन्छ)

२. महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुने ।

३. मूत्रत्यागपछि मूत्राशयमा पीडा र गाह्रो अनुभव हुने

४. महिनामा दुई–तीनपटक महिनावारी हुने

५. शारीरकि तौल अस्वाभाविक रूपमा घट्नु वा बढ्नु ।

६. यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने ।

७. लामो समय रक्तश्रावका कारण रक्तअल्पता हुनु ।

८. रजोनीवृत्ति भइसकेपछि रक्तश्राव हुने ।

९. यौन सम्पर्कको समयमा बढी पीडा हुने ।

१०. तल्लो पेट दुख्ने, सुन्निने तथा हावा भरिएजस्तो हुनु ।

११. महिनावारी बन्द भएपछि असामान्य रक्तश्राव भएमा पाठेघरको क्यान्सर लगभग सुनिश्चित हुन्छ ।

प्रतिक्रिया दिनुहोस