आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिरहामा पत्नीको हत्या आरोपमा पति पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि) २२२ पाठक संख्या

जेठ १० सिरहा । कर्जन्हा नगरपालिका ११ हटलेटवाका चन्देश्वर खेवार यादव श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । यादवले श्रीमती रितुदेवीको हत्या गरेका प्रहरीले जनाएको छ ।

यादवले आवेगमा श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता माधवराज खरेलका अनुसार दुईबीचको विवादका कारण हत्या भएको हो ।

रितुको जेठ ७ गते घरमै घाँटी थिचेर हत्या भएको हो । ९ वर्ष अघि विवाह भएका उनीहरुको ६ वर्षीया छोरी छन् ।

प्रतिक्रिया दिनुहोस