आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

AuthorAP Khabar२०७५ मंसिर १७, सोमबार (५ साल अघि) ५७७ पाठक संख्या

काठमाडौं , मंसिर १७ : सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । आइतबार राति ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पु¥याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस