आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भूवन र झरनाको तयारीविनाको डान्स…

AuthorAP Khabar२०७५ मंसिर १७, सोमबार (५ साल अघि) ५४३ पाठक संख्या

काठमाडौं , मंसिर १७ नायक भूवन केसी र नायिका झरना थापाले अभिनय गरेको चलचित्र ‘म तिमी विना मरिहाल्छु’ले केही बर्ष अगाडि बम्पर कमाई गरेको थियो । एउटै हलबाट ४० लाख भन्दा बढी शेयर यो चलचित्रले पाएको थियो । यो चलचित्रको शिर्ष गीत पनि दर्शकको मनमा अझै ताजा छ ।

यो चलचित्रमा अभिनय गरेका भूवन र झरना अहिले निर्देशक बनिसकेका छन् । बरु, भूवन केसीका छोरा अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापा एउटै चलचित्रमा रोमान्स गरिरहेका छन् । ‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाले काम गरिरहेका छन् । चैत्र २९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

तर, शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा भने झरना र भूवनको केमेष्ट्री फेरि देखियो । चलचित्र ‘म तिमी विना मरिहाल्छु’को शिर्ष गीतमा यी दुइले कुनै तयारीविना नै नृत्य गरे । तर, भूवन स्टाइल र झरनाको डान्सले हेर्ने दर्शकलाई उनीहरुले तयारी नगरेको भन्ने भान नै भएन ।

भूवन केसी र झरना थापाको यो डान्समा दर्शकले खुबै हुटिङ गरेका थिए । पर्दामा केही बर्ष अगाडि देखाएको म्याजिक यी दुइले स्टेजमा फेरि देखाएका थिए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस