आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छालाको समस्याबाट जोगिन यी ५ कुरा त्याग्नुस्

AuthorAP Khabar२०७६ जेष्ठ ११, शनिबार (४ साल अघि) २४३ पाठक संख्या

जेठ ११

गर्मीको मौसममा अनेक स्वास्थ्य समस्याले सताई रहँदा छालाको स्वास्थ्य समस्याबाट जोगिन विशेष ध्यान दिनु पर्छ । किनकी छाला मानिसको बाहिरी भाग हो । जसमा कुनैपनि समस्या भयो भने त्यसले नराम्रो असर पार्छ मानिसको व्यक्तित्वमा । त्यस कारण छालाको समस्याबाट जोगिन चाहनुुहुन्छ भने सबैभन्दा पहिले आफ्नो खानपानमा ध्यान दिनु पर्छ । जानौं केही तत्वका बारेमा जसले तपाईंको छालाको समस्याबाट जोगिन राहत दिन्छ ।

तारेको परिकार

तारेको, धेरै तेलमा भुटेको खाने कुरा जस्तै पुरी, भटुरा, समोसा, सेलरोटी जस्ता खाद्य पदार्थ खानबाट जोगिनु पर्छ । यस्ता तेलमा बनाइएका खानेकुराको सेवनले तपाईंको छालामा प्रत्यक्ष असर पार्छ । छाला तैलीय हुनुका साथै अनुहारमा अनावश्यक डन्डिफोर आउन थाल्छ ।

ट्रान्स फ्याटयुक्त खानेकुरा

केक, पेस्ट्रीज, कुकीज, क्रीमले बनेका परिकार वा क्रिमजन्य बिस्कुट आदिमा वनस्पति घ्यूको प्रयोग गर्ने गरिन्छ । जसले गर्दा यसमा ट्रान्स फ्याटको मात्रा अत्यधिक हुन्छ । यसको सेवन गर्नाले छालामा असर हुनुका साथै हर्ट अट्याकको खतरा पनि बढेर जान्छ ।

रातो मासु र अल्कोहल

रातो मासु र रक्सी यसैपनि स्वास्थ्यको लागि नराम्रो मानिन्छ । रातो मासु र अल्कोहलमा फ्षटको मात्रा धेरै हुन्छ । जुन स्याचुरेटेड फ्याट हुन्छ जसले मुटु र छाला दुवैलाई नोक्सान पुर्याउन सक्छ ।

आवश्यक्ता भन्दा बढि कार्बोहाइड्रेटको सेवन गर्नु

सेतो चामल, सेतो चीनि, सेतो पाउरोटी,सोडा, तयारी जुस, मैदाले बनेका परिकार जस्ता खानेकुरा खानु तपाईंको स्वास्थ्यको लागि हानि कारक हुन सक्छ । किनकी यीनमा पर्याप्त मात्रामा पाइने कार्बोहाइड्रेटले तपाईंको स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ । त्यति मात्र नभई यसको अत्यधिक सेवनले तपाईंको छालाको चमक कम हुँदै जान्छ ।

डेरीका परिकार

उसो त दूधले बनेका परिकार स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ तर, यदि यो शुद्ध छ भने मात्रै । अन्यथा मिसावट युक्त दूध वा दही छ भने त्यसले तपाईंको स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस