आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ठगी गरेको आरोपमा पक्राउ परेका परशुरामलाई नेपाल ल्याइयो

AuthorAP Khabar२०७६ जेष्ठ ११, शनिबार (४ साल अघि) ७४० पाठक संख्या

काठमाडौ,११ जेठ । रोजगारीको प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ ।

ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका गुरुङलाई गत चैतमा पक्राउ गरीएको थियो । बैंंककमा बस्दै आएका उनले समाजिक सञ्जाल ‘फेसबुक, भाइबर,’ मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी विकसित मुलुकमा राम्रो काम र कमाईको प्रलोभन देखाएर ठगी गर्दै आएका थिए ।

नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्रा्ष्ट्रिय संगठन (इन्टरपोल) ले २०७२ असार २९ मा गुरुङविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। गुरुङविरुद्ध ५२ ओटा मानव ओसारपसारसम्बन्धी उजुरी परेका छन्।

प्रतिक्रिया दिनुहोस