आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१४ महिनामा प्रधानमन्त्री ओलीको विदेश भ्रमणः कति सफल, कति असफल ?

AuthorAP Khabar२०७६ जेष्ठ ११, शनिबार (४ साल अघि) ५५४ पाठक संख्या

जेठ ११ काठमाडौं । नेपाल सरकारको कूटनीति भारतमै अलमलिएको आरोप लगातार लाग्ने गरेको छ ।

आन्तरिक राजनीतिका कारण भारत र चीनसँगको सम्बन्धमै अलमलिएर विगत लामो समयदेखि नेपालको कूटनीति खुम्चिएर बसेको थियो ।

प्रधानमन्त्री केपी ओली सत्तामा आएपछि भने भारत र चीन बाहेक पनि कूटनीतिक दायरा फराकिलो पार्ने प्रयास भएको छ ।

प्रधानमन्त्री भएको १४ महिनामा केपी ओलीले भारत र चीनका साथै अमेरिका, स्विट्जरल्याण्ड, भियतनाम, कम्बोडिया लगायतका मुलुकको भ्रमण गरिसकेका छन् ।

यि भ्रमणका तयारी, एजेण्डा तथा नेपालले लिने लाभका विषयमा प्रश्न नउठेका होइनन् ।

तर विगतमा भारत र चीनमै रुमल्लिने नेपालको कुटनीति विविध कमजोरीका बाबजुद पनि केहि फराकिलो भने भएको छ ।

प्रधानमन्त्री भएपछि ओलीले भारतबाट पहिलो विदेश भ्रमण सुरु गरे ।

२०७४ चैत २३ देखि २५ सम्मको भ्रमणमा उनले समकक्षी नरेन्द्र मोदीसँंग सहयोग र सद्भावका विषयमा द्विपक्षीय वार्ता गरे ।

यसपछि असार ५ देखि १० गते सम्म उनले चीनको भ्रमण गरे ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग द्विपक्षीय वार्ता गर्नुका साथै वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नुभयो । यस अवसरमा विभिन्न आर्थिक सहयोग र परियोजनामा सम्झौता पनि भए ।

गतवर्ष नै असोज ६ गते प्रधानमन्त्री ओली राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन अमेरिका पुगे ।

महासभामा उनले असोज ११ गते सम्बोधन पनि गरे । सोही भ्रमणका क्रममा उनी कोस्टारीका पुगे र त्यहाँका राष्ट्रपतिसँग दुईपक्षीय भेटवार्ता गरे ।

प्रधानमन्त्री ओली माघ ६ देखि १२ गतेसम्म विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगे ।

विश्वव्यापिकरण र उदार अर्थव्यवस्थाको पक्षमा वकालत गर्ने विश्व आर्थिक मञ्चमा पहिलो पटक पुगेको नेपालले लगानीका लागि आव्हान गर्ने एजेण्डा बनायो ।

यहि बैशाख २६ देखि जेठ १ गतेसम्म भने प्रधानमन्त्री ओलीले भियतनाम र कम्बोडियाको भ्रमण गरे ।

यस्ता भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ हुँदै जाने र देशलाइ लाभ पुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई बताउँछन् ।

औपचारिक भ्रमणले देशको एजेण्डालाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन सहयोग पुर्याउने उनको तर्क छ ।

विदेश भ्रमणका साथसाथै स्वेदशमै पनि विमस्टेक बैठक तथा लगानी सम्मेलन आयोजना गर्नु, विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख एवं प्रतिनिधीहरुको भ्रमण हुन ।

पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विभिन्न देशको भ्रमण गर्नु कुटनीतिक रुपमा सकारात्मक पक्षहरु नै हुन ।

अब मात्र के आवश्यक छ भने यसलाई व्यवस्थित गरेर पुर्ण तयारीका साथ गर्ने र अझ विस्तार गर्दै लैजाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस