आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रोटरीको सहयोगमा विद्यालय भवन

AuthorAP Khabar२०७५ मंसिर १७, सोमबार (५ साल अघि) ३७० पाठक संख्या

हेटौंडा , मंसिर १७ : अष्ट्रेलियास्थित रोटरी क्लब अफ तास्मानिया, ताइवानस्थित रोटरी फाउण्डेशनको सहयोगमा निर्माण गरिएका मकवानपुरका दुई सामुदायिक विद्यालयको भवन विद्यालयलाई हस्ताण्तरण गरिएको छ ।

रोटरी क्लब अफ हेटौंडाको सहकार्यमा निर्माण गरिएका राक्सिराङ गाउँपालिका स्थित सरीखेतको सुर्योदय माध्यामिक विद्यालय र हेटौंडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयको भवन आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । रोटरीले सुर्योदय माविमा १८ लाखको लागतमा ३ कोठे भान्छाकोठा र भान्छामा प्रयोग हुने सामाग्री हस्ताण्तरण गरेको छ ।

यस्तै हेटौंडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालय परिसरमा निर्माण भएको २ कोठे विद्यालय भवन र अपाङ्गमैत्री लैंगिक शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ । उक्त भवन अष्ट्रेलियामा रहेका रोटरी क्लबहरुको आर्थिक सहयोगमा २६ लाख ५०हजार लागतमा निर्माण भएको हो ।

विस २०७३ सालको भुकम्पले विद्यालयको भवन र शौचालयमा क्षति पुगेको थियो । ९९ प्रतिशत जनजाती विद्यार्थी अध्ययन गर्दै आएको यस विद्यालय भुकम्पले क्षती पु¥याएपछि पठनपाठनमा समस्या भोग्दै आएको समयमा रोटरीको सहयोगको लागि विद्यालयकी प्रध्यानाध्यापक सिता अधिकारीले धन्यवाद दिनुभयो ।

रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलको अध्यक्षतामा र रोटरी इन्टरनेशनका पूर्व डिष्ट्रिक्ट गभर्नर जेम्स विलकक्सको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अष्ट्रेलिया र ताईवानबाट आएका रोटरी क्लबका प्रतिनिधि, रोटरी क्लब अफ हेटौंडाका पदाधिकारी तथा सदस्यहरु, जिल्ला शिक्षा इकाई कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरे, विद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, अभिभावक, स्थानिय र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यसअघि शनिबारमात्रै हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पताललाई रोटरी क्लबले ८४ लाख रुपैयाँ पर्ने अकुलर कोहोरेन्स टोमोग्राफी (ओसीटी) मेसिन हस्तान्तरण गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस