आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालविवाहका कारण ४० प्रतिशत बालबालिकाहरु बाध्य भएर बिचमै पढाई छोडे : मन्त्री साह

AuthorAP Khabar२०७६ जेष्ठ ११, शनिबार (४ साल अघि) ५९२ पाठक संख्या

सप्तरी, ११ जेठ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले बालविवाहका कारण ४० प्रतिशत बालबालिकाहरु बाध्य भएर बिचमै पढाई छाड्दै गएको बताएका हुन् ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीलाई शुक्रबार बालविवाह मुक्त वडा घोषणा गर्दै उनले यस्तो बताएका हुन् ।

बालविवाहले एक दिन मात्र नभई पुस्तौ पुस्ता यसका प्रभाव पर्दै गएको बताउदै, मन्त्री साहले भने ‘छोरीलाई जति पढाउदाँ त्यति नै बढि दाइजो दिनुपर्ने मानसिकताले पनि बालविवाह बढदै गएको छ ।’

त्यसैले समाजिक परिवर्तनका लागी प्रदेश सरकारले बेटि पढाउ बेटि बचाउ अभियान ल्याएको तर्क दिदै, उनले भने ‘यहि मानसिकता परिवर्तन गर्न प्रदेश २ मा बेटी जन्म लिने दिन नै प्रदेश सरकारले १ लाख २५ हजार रुपैयाँ बरावरको शैक्षिक विमा गर्दै आएको छ ।’

प्रदेश सरकारले किसानहरुका लागी मल खाद, विउविजन, सिचाईलगायतका समस्याप्रति गम्भिर ध्यान दिएको बताएका हुन् । बजार नभएकोले किसानहरु उचित भाउ नपाउदाँ ह्रास भई कृषि छाड्दै गएकोले प्रदेश सरकारले अल्पाकालिन र दिर्घकालिन योजना ल्याउदै गएको बताए ।

साना किसानका लागी १० हजार रुपैयाँ बैंक खातामै प्रदेश सरकारले पठाउने मन्त्री साहले प्रतिबद्धता जनाए । बेरोजगारीका कारण सबै भन्दा बढि युवा यसै प्रदेशबाट खाँडी मुलुक जाँदै गरेको भन्दै, मन्त्री साहले भने ‘युवाका प्राथमिकताकासाथ प्रदेश सरकारले गाईपालन, पशुपालन, माछापालन, भैसिंपालन, बाख्रापालनकालागी आर्थिक वर्षमा निरव्याजका रुपमा ऋण उपलब्ध गराउने छ ।

प्रदेश २ का मुख्य श्रोत र आत्मनिर्भरता, समृद्धि र विकास कृषिमा भएकोेले, प्रदेश सरकारले कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता राखेको जनकारी दिए ।

सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहयोग तथा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीद्वारा आयोजना गरिएको घोषणा समारोहमा तिलाठी र बेल्हीमा जम्मा घरधुरी ९३० रहेको तथा आर्थिक वर्ष ०७५र०७६ मा २८ जनाको विवाह भएका छन् जसमा ४ जनाको बालविवाह भएको बालविवाह मुक्त वडा घोषना प्रतिवेदन प्रस्तुत गर्दैै कार्यक्रमका अध्यक्ष दिनेश्वर मिश्रले बताए ।

सोहि अवसरमा विशिष्ट अतिथि प्रहरी प्रमुख राजेन्द्र विष्टले भने– ’बालविवाहकै कारण डाक्टर, इन्जिनियर बन्ने युवाहरु यहाँ श्रोत, साधन नभएकोले किशोरअवस्थामै विदेशिन्छन् तर त्यहाँबाट फर्किदा सम्पति, श्रीमति र बच्चा कोहि पनि हुँदैन ।’ घर घरबाट प्रत्येक आमा र बुवालाई जागरुक हुदाँ बालविवाह अन्तय हुन सक्ने प्रमुख विष्टले बताए ।

बिस वर्ष भन्दा मुनिका बालिकाले जन्माएका बच्चा अधिकांश रुपमा दिमाग, हैसियत तथा शारीरिक रुपमा कमजोर हुने जिल्ला प्रशासन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताए । उनले भने, – ‘परिवार, समाज र समुदाय जागरुक भयो भने बालविवाह अन्तय हुन सक्छ ।’

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ तिलाठी पाठशाला प्राङ्गनमा आयोजित बालविवाह मुक्त वडा घोषणा समारोहमा वडा नम्बर १ तिलाठीका अध्यक्ष दिनेश्वरको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विशिष्ट अतिथि सतिश कुमार सिंह, उपाध्यक्ष सुचिता यादव, सेभ द चिल्ड्रेनको किशोरकिशोरी कार्यक्रमका संयोजक रचना थापा, कान्तिपुरका संवाददाता अवधेश कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दन यादव, राससका अरुण प्रधान, सम्पुर्ण वडाका अध्यक्षहरु, सेभ द सप्तरीका गोपाल प्रसाद चौधरी, वडा वाल सन्जाल वडा नम्बर १ का अध्यक्ष विकास कुमार मण्डल, विद्यालय व्यवस्थापन समिति, प्राधानाध्यापक, र विभिन्न बालकल्वहरुको उपस्थिति रहेको थियो । बालकल्वका बालबालिकाहरुद्धारा वालविवाहमा आधारीत नाट्क र राष्ट्रगानसमेत प्रस्तुत गरे ।

समारोहका उद्घाटन प्रमुख अतिथि शैलेन्द्र प्रसाद साहद्धारा चन्दनको रुख रोपेर उदघाट्न गरिएको थियो । समारोहमा सुधानन्द झाद्धारा स्वागत गीत पनि प्रस्तुत गरे । कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत राजुझाले गरे । कार्यक्रममा योगदान पुर्याएका एक दर्जन भन्दा बढी महानुभावहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिद्धारा सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस