आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा घरभित्रै हत्या गरेर ८ तोला सुन चोरी

AuthorAP Khabar२०७६ जेष्ठ १२, आईतबार (४ साल अघि) ३४० पाठक संख्या

जेठ १२ चितवन ।

पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर १ लंकालाईनमा चोरको आक्रमणबाट आइतबार बिहान एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्यका अनुसार मृत्यु हुने अन्दाजी ४७ वर्षीय कुमार सिंह श्रेष्ठ हुन ।

श्रेष्ठको परिवारका अनुसार बिहान ६ बजे सम्म पनि बुबा नउठेपछि ढोका खोल्न जाँदा बुबा मृत अवस्थामा भेटिएको जानकारी दिएका छन । बिहान उठ्दा घरको अगाडिको ढोका लक भएको पाइएको र पछाडीको ढोका भने खुल्लै रहेको श्रेष्ठले बताए । चोरले बुबाले लगाएको ५ तोलाको सिक्री र ३ तोलाको औंठी समेत लगेको मृतकमा छोरा सुमन श्रेष्ठले बताए । अरु के के सामानहरु चोरी भए भन्ने अझै यकिन भएको छैन ।

घटनास्थल मृतक कुमार सिंह श्रेष्ठ सुतेको कोठामा इटाहरु देखिएको छ । उनले प्रयोग गर्ने मोबाइल भने भुइँमा छ । खाटको झुलको अवस्था पनि सामान्य देखिन्छ । घटना हेर्दा सुनियोजिततरिकाले भएकोले निष्पक्ष छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने स्थानीयको माग छ । घटनाको सम्बन्धमा बिहान थाहा भएपछि प्रहरी सो स्थानमा पुगेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (डिएसपी) सन्तोष आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस