आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रिपर दुर्घटनामा चालकको मृत्यु, सहचालक बेपत्ता

AuthorAP Khabar२०७६ जेष्ठ १२, आईतबार (४ साल अघि) ३३४ पाठक संख्या

जेठ १२
गोरखा : गोरखाको सिरानचोक गाउँपालिका -७ चिउरेभीरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको ट्रिपर गोरखा–वारपाक सडकबाट करिब ४ सय मिटर तल दरौंदी नदीमा खसेको थियो ।
दुर्घटनामा ट्रिपर चालक सिरानचोक गाउँपालिका ७ भालुस्वाँराका २० वर्षीय सुमन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रिपरका सहचालक बेपत्ता भएका छन् । उनको नाम ठेगाना खुलेको छैन । ट्रिपरमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

स्तरोन्नतिका क्रममा रहेको सो सडकको भित्तातिर अव्यवस्थित रुपमा निर्माण सामग्री थुपारिएकाले दुर्घटनाको थप जोखिम बढेको स्थानीय प्रताप ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस