आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रतिबन्धित लागु औषध सहित ३ जना पक्राउ

AuthorAP Khabar२०७५ मंसिर १७, सोमबार (५ साल अघि) ५५९ पाठक संख्या

AP सम्वादाता

पर्सा,  मंसिर १७ : वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा चौक नजिकैबाट लागु औषध ईन्जेक्सन सहित २ जना पक्राउ परेका छन् । पर्सा प्रहरीले विभिन्न सवारी साधन समेतको चेकजाचको क्रममा लागु औषध ईन्जेक्सन सहित पक्राउ गरेको हो ।

भारतबाट नेपाल भित्रिएको ना.५४.प ९३८६ नम्बरको मोटरसाइकलमा चेकजाच गर्दा लागु औषध ईन्जेक्सन डाइजेल्याव ५०० पिस, फेनारगन ५०० पिस र नुर्फिन ५०० पिस गरी १५०० पिस लागु औषध ईन्जेक्सन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मान बहादुर राईले बताउनु भयो ।प्रतिबन्धित लागु औषध सहित वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने २० बर्षिय उदय साह तेली र सोही निवासी १८ बर्षिय ज्याउल अंसारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मान बहादुर राईले बताउनु भयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा लागु औषध नाइट्रोभ्याट टयावलेट ३०० पिस सहित एक जनालाई पक्राउ गरिएको बताइएको छ । भारतको रक्सौलतर्फबाट वीरगंजतर्फ पैदल हिडीआउदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरिएको बताइएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ रजतज्यन्तिबाट मकवानपुरको हेटौडा उप—महानगरपालिका वडा नं. ४ बस्ने ४२ बर्षिय बिजय परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राइले बताउनु भयो । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस