आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेसबुकले हटायाे हालसम्मकै बढी २ अर्ब ‘फेक अकाउन्ट’, फेसबुक अदालत गठन हुँदै

AuthorAP Khabar२०७६ जेष्ठ १२, आईतबार (४ साल अघि) ४०८ पाठक संख्या

जेठ १२ एजेन्सी । फेसबुकले हालसम्मकै बढी ‘फेक एकाउन्ट’ आफ्नाे साइटबाट हटाएकाे छ । यसै सालकाे जनवरीदेखि मार्चसम्मकाे ३ महिनामा उसले करिव २ अर्ब २० करोड फेक अकाउन्ट हटाएको जनाएकाे हाे ।

फेक एकाउन्टकाे याे संख्या फेसबुकका खास प्रयाेगकर्ताक‌ै हाराहारी हाे । हाल विश्वभरि फेसबुकका कुल प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड रहेको छ । ३ महिनाको अवधिमा २ अर्ब २० करोड फर्जी खाता हटाउनुलाई फेसबुकले हालसम्मकै ठूलो कदमका रुपमा अर्थ्याएकाे छ ।

फे‍सबुकका सिइआे मार्क जुकरबर्गले फेसबुक प्रयोगकर्ताहरुको सुविधा तथा सुरक्षाका लागि कम्पनीले आर्टिफिशियल इन्टेलीजेन्सी लागू गर्न गइरहेको छ र अन्य आवश्यक सुधारहरु गरिरहेकाे बताएका छन् । कम्पनीले एउटा स्वायत्त बोर्ड पनि बनाउन गइरहेको छ र यसले फेसबुकका लागि अदालतले जस्तै काम गर्ने जनाइएकाे छ । फेसबुक सम्बन्धी गुनासा तथा समस्याकाे समाधान उक्त बाेर्डले गर्नेछ, जसकाे निर्णय नै अन्तिम मानिनेछ ।

पछिल्लाे समय फेसबुक विवादमा पर्दै आइरहेकाे छ । प्रयाेगकर्ताका डेटा शेयरिङ र फेक अकाउन्ट्सको विषयलाई लिएर विश्वका कयौँ देशहरुमा फेसबुकको आलोचना भइरहेको छ भने व्यक्तिगत डाटा चाेरीकाे आराेप समेत लाग्ने गरेकाे छ । आलाेचना बढ्दै गएपछि प्रयाेगकर्ताकाे सुरक्षाकाे लागि फेसबुकले महत्वपूर्ण कदम चाल्न थालेकाे बताइन्छ । फर्जी खाता बन्द गर्न र आपत्तिजनक विषयवस्तु नष्ट गर्नु कम्पनीको पहिलो प्राथमिकतामा रहेको जुकरबर्गकाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस