आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धरानमा दिनदहाडै गोली हानेर चार लाख लुटियो

AuthorAP Khabar२०७६ जेष्ठ १२, आईतबार (४ साल अघि) ३०९ पाठक संख्या

 जेठ १२

धरान उपमहानगरपालिका-५ स्थित साउनेमा गोली हानेर लुटपाट गरिएको छ । जीवन विकास संस्था एकजना कर्मचारीमाथि गोली हानेर लुटपाट गरिएको हो। गोली प्रहारबाट संस्थाका कर्मचारी शम्भु गच्छदार घाइते छन् ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गोली हान्‍ने समूहले गच्छदारको साथबाट ४ लाख रुपैयाँ लुटेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गर्दै आफु पनि त्यता जाँदै गरेको बताएका छन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली पुगिसकेको छ। घटनापछि धरान बजार र नजिकका नाकामा कडाई गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस