आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यालयमै बम फेला

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) २९२ पाठक संख्या

जेठ १३
काठमाडौं : अर्घाखाँचीको सन्धिखर्कमा रहेको अर्घाखाँची आवसीय माध्यमिक विद्यालयमा बम फेला परेको छ । सनिधखर्क २ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविलाइ बाहिरबाट तारवार गरेको पिल्लरमा झुण्डाइएको अवस्थामा बम फेला परेको हो ।

आजको बन्दलाई लक्षित गरेर विप्लप समुहले उक्त बम राखेको हुन सक्ने आशंका गरिएको छ । बमलाई डिस्पोजल गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख नवराज मल्लले बताए ।

यसैबीच मोरङमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ । मोरङको सुन्दरहरैचा-७ ठडिया चोक नजिकै प्रेसर कुकर बम फेला परेको थियो । त्यस्तै बाग्लुङको बाग्लुङ नगरपालिका–२ कुडुलेचोक नजिकै पनि शंकास्पद वस्तु फेला परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस