आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनहित उपभोक्ता समितिद्धारा नयाँ आउनुभएका पर्सा राष्ट्रिय निकुञ्जका वाडेन महर्जनलाई स्वागत

AuthorAP Khabar२०७५ मंसिर १७, सोमबार (५ साल अघि) ६१८ पाठक संख्या

AP डेस्क

जीतपुर, मंसिर १७ : पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिरलाल महर्जनले विशेष गरी मध्यवर्ति क्षेत्रमा बासोबास गर्नेहरुको जिवीको महर्जनमा सहयोग गर्ने उद्धेश्यले  पर्सा बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा परिणत गरेको बताउनुभएको छ । जनहित उपभोक्ता समितिले सोमवार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले राष्ट्रिय निकुञ्ज विस्तारको पाटोलाई पर्याप्रर्यटनसंग जोड्नसकिने कुरामा जोडदिदै बन्यजन्तुको संरक्षणका साथै बन विनासलाई रोक्न राष्ट्रिय निकुञ्जले अहम भुमिका निर्वाह गर्न बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले यस उपभोक्ता समितिले मध्यवर्ति क्षेत्रमा रहेका आफ्ना सदस्यहरुको आर्थिक विकास गर्न सहकारीका साथै कृषकबाट आएका दुध संकलन गरी बजारीकरण गर्न दुध डेरी संचालनमा ल्याएको कुरा जानकारी गराउनुभएको थियो । उहाँले हाल यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यक्ता देखिएको  र अभियानमा पर्सा राष्ट्रिय निकुञ्जलाई आफुहरुसंग सहकार्य गर्न आग्रह समेत गर्नुभएको थियो ।

जनहित उपभोक्त समितिका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा यस संस्थाका संस्थापक अध्यक्ष मधुसुधन सिटौला, राधाकृषण मध्यवर्ती बन समितिका अध्यक्ष चोलाबहादुर श्रेष्ठ, मुसहर्निमाई मध्यवर्ती बन समितिका अध्यक्ष कुवेर न्योपाने लगाएको सहागिता रहेको थियो ।

कार्यक्रममा भिमेश्वर मध्यपर्ति सामुदायीक बन समितिका अध्यक्ष पेशल मुल्मीको सहजिकरण र अनिता लम्साल अधिकारीको स्वागत मन्तब्य रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस