आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पार्टी एकताप्रति अब कुनै संस्थागत समस्या छैन : अध्यक्ष दाहाल

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) ४३४ पाठक संख्या

जेठ १३
काठमाडौं : नेपाल कम्युनिष्ट पाटी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले पार्टी एकताप्रति अब संस्थागत समस्या नभएको स्पष्ट पारेका छन् । कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा सोमबार नेकपा कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले पार्टी एकतालाई जनताले नै स्वीकार गरिरहेको भन्दै अब एकताप्रति कुनै समस्या नरहेको बताएका हुन् ।

अध्यक्ष दाहालले पार्टीलाई सशक्त रुपमा अघि बढाउन दुई अध्यक्षबीच निरन्तर छलफलमा भइरहेको बताए । उनले एकता दुरगामी महत्वको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिघटना भएको र यो दुरगामी महत्वको राजनीतिक पहलकदमी गरेको जिकिर गरे । दाहालले बिना बिचार पार्टी एकता नगरिएको पनि स्पष्ट पारे ।

त्यस्तै उनले जनताको माग र अधिकारलाई ध्यान राख्दै संविधानलाई आवश्यक संशोधन र परिमार्जन गर्न सकिने बताए । उनले संविधानले नै प्रेस स्वतन्त्रताको बिषयलाई प्राथमिकतालाई राखेको भन्दै संविधानको मर्म र भावनाविपरित ऐन र कानून नबनाइने उल्लेख गरे ।

कार्यक्रममा यस बर्षको कृष्णसेन स्मृति पत्रकारीता पुरस्कार सुर्य थापालाई प्रदान गरियो । त्यस्तै शक्ति लम्साल र तारा न्यौपाने सम्झनामा स्थापना गरिएको शक्ति तारा स्मृति पुरस्कार चन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी ५० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस