आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) २९० पाठक संख्या

जेठ १३

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका नयाँ सम्राट नारुहितोबीच सोमबार टोकियो दरबारमा भेटवार्ता भएको छ । योसँगै ट्रम्प नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् । राष्ट्रपति ट्रम्प तथा सम्राट नारुहितोबीच टोकियोमा रहेको दरबारमा ५० मिनेट भेटवार्ता भएको जनाइएको छ ।

भेटवार्ताअघि दरबारमा ट्रम्पलाई जापानी सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको थियो । भेटवार्तामा साम्राज्ञी मासाको र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी रहेका जनाइएको छ ।

गत मे १ मा सम्राटका रुपमा नारुहितोले औपचारिक गद्दिआरोहण गरेसँगै जापानमा रेइवा युग शुरु भएको थियो । यस युगमा सम्राट नारुहितोसँग भेटवार्ता गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो विदेशी नेता बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस