आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ १४, मंगलबार (४ साल अघि) ३८५ पाठक संख्या

सप्तरी, जेठ १४ गते ।

सप्तरीमा सोमबार साँझ यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकलमा सवार सप्तरीको खड्क नगरपालिका ४ का २६ वर्षीय नबिन चौधरी र सिरहाको लहान नगरपालिका १२ का २७ वर्षीय ओमप्रकाश चौधरीको छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ६ देवधारस्थित तिव्रगतिमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना.५ ख ४६९२ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको स.९प ६१८३ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस