आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जापानको कावासाकी शहरमा जथाभावी चक्कु प्रहार, २ जनाको मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ १४, मंगलबार (४ साल अघि) २८१ पाठक संख्या

जेठ १४ एजेन्सी
कावासाकी– जापानको राजधानी टोकियोको दक्षिणमा रहेको शहर कावासाकीमा चक्कुधारी एक व्यक्तिले मङ्गलबार बिहान एक १२ वर्षीया स्कुले छात्रा र एक पुरुषको हत्या गरेका छन् । चक्कु आक्रमणमा धेरै बालबालिका समेत एक दर्जनभन्दा बढी व्यक्तिलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

सडकमा जथाभावी चक्कु हिर्काउँदै हिँडेका ती व्यक्तिले अन्त्यमा आफैँलाई चक्कु हानी आत्महत्या गरेका थिए । टोकियोको दक्षिणतर्फ रहेको कावासाकी शहरमा यस्तो आपराधिक घटना यसअघि बिरलै देखिएको थियो । चक्कु प्रहार गर्ने व्यक्तिको मनसाय भने स्पष्ट हुन सकेको छैन ।

निप्पोन मेडिकल स्कुल मुसाशी कोसुगी हस्पिटलका उपनिर्देशक कियोशी मात्सुडाले १२ वर्षीया एक स्कुले बालिका र अर्का ३९ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको बताए । करिब ५० वर्षका आक्रमणकारीको पनि मृत्यु भएको छ । अस्पतालका अनुसार आक्रमणबाट कम्तीमा १६ जना घाइते भएका छन् ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले उक्त घटना अत्यन्त दुःखद रहेको बताए । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बस पर्खिरहेका स्कुले बालबालिका नजिक पुगेर ती व्यक्तिले एकाएक आक्रमण गर्न थालेका थिए । –एएफपी

प्रतिक्रिया दिनुहोस