आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जुम्लामा बसेर राजधानीमा कोठा खोजी दिन्छु भन्दै ठगी गर्ने पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ १४, मंगलबार (४ साल अघि) ३३० पाठक संख्या

१४ जेठ
काठमाडौं : कोठा खोजी दिन्छु भन्दै ठगी गर्दै आएका भोजपुरका रामचन्द्र भट्टराई पक्राउ परेका छन्।लामो समयदेखि राजधानीका विभिन्न स्थानमा कोठा र फ्ल्याट खोजि दिनेभन्दै रकम असुल्दै आएका भट्टराईलाई प्रहरीले जुम्लाबाट पक्राउ गरेको हो।

ठगी धन्दा गर्दै आएका भट्टराईलाई जुम्लाबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका चोरी पिलरका इन्चार्ज इन्सपेक्टर भरत थापाले जनाएका छन्। उनले आफ्नो फेसबुक पेजमा उपत्यकाका विभिन्न स्थानमा भाडामा कोठा र फ्ल्याट उपलब्ध गराइन्छ भन्ने सूचना राखेर ठगी गरेको खुलेको छ।उनी विरुद्ध ठगी गरेको आरोपमा १० जनाले प्रहरीमा उजुरी दिएपछि उक्त कुरा खुल्न आएको हो।

ठगिनेमध्येका रौतहत घर भएका जितेन्द्र कुमार गुप्ताले कोठा खोजी दिनका लागि भट्टराईलाई आइएमइमार्फत २५ सय रुपैयाँ पठाएका थिए।तर भट्टराईले कोठा नखोजी दिएपछि उनी प्रहरीकोमा पुगेका हुन्।भट्टराईले गुप्ताजस्तै २५० जनालाई ठगेको प्रहरीको बयानमा स्वीकारेका छन्।source annapurna post

प्रतिक्रिया दिनुहोस