आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार पछि जिउँदै जलाएर हत्या ७ जना विरुद्ध मुद्दा दर्ता

AuthorAP Khabar२०७६ जेष्ठ १५, बुधबार (४ साल अघि) २७९ पाठक संख्या

जेठ १५

भारतको उत्तर प्रदेशको मुजफ्फुरनगर जिल्लामा एक किशोरीलाई सामुहिक बलात्कारपछि हत्याको मामलामा सातजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

इन्डियन एक्सप्रेसमा छापिएको खबर अनुसार यी सातजनामाथि १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको र त्यसपछि जिउँदै जलाएर हत्या गरेको आरोप लागेको छ ।

यद्यपी, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

खबर अनुसार मृतक किशोरी एक इट्टा भट्टामा काम गर्थिन् । इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस