आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दरबार हत्याकाण्डको १८ वर्ष पूरा

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) ४३१ पाठक संख्या

जेठ १९

आज जेठ १९, नारायणहिटी राजदरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते भएको घटनामा राजपरिवारका अन्य सदस्य सहित राजा वीरेन्द्रको वंश नाश भएको थियो ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए । हत्याकाण्डका विषयमा विभिन्न चरणमा छानविन भएका छन् । तात्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठन भएको छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेपनि घटनाको १८ वर्ष पूरा हुँदा समेत सर्वसाधारण भने दीपेन्द्रलाई हत्यारा मान्न तयार छैनन् ।

सरकारले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्दता जनाए पनि अहिलेसम्म कुनै कदम चालिएको छैन । राजदरवार हत्याकाण्ड पछि नेपालमा राजसंस्था अन्त्यको सुरुवात भएको र २०६२/६३ को जनआन्दोलनपछि सार्थक भएको बुझ्नेहरु पनि कम छैनन् । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस