आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रतिवन्धित लागु औषध सहित २ जना पक्राउ

AuthorAP Khabar२०७५ मंसिर १८, मंगलबार (५ साल अघि) ५१० पाठक संख्या

AP सम्वादाता

पर्सा,  मंसिर १८ : वीरगंज महानगरपालिका वडा नं. १६ वाट सशस्त्र प्रहरीले प्रतिवन्धित लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । भारतको रक्सौलबाट नेपाल भित्रिदै गर्दा रजतज्यन्ती चौकबाट लागु औषध सहित पक्राउ गरिएको हो । बोर्डर आउट पोष्ट श्रीसियाको सशस्त्र प्रहरीको टोलीले चेकजाच गरिरहेको बेला शंका लागि भारतबाट आइरहेको पैदल यात्री दुई जनालाई चेकजाच गर्दा प्रतिवन्धित लागु औषध डाइजोपाम इन्जेक्सन र नाइट्रोभ्याट टैबलेट सहित २ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक जिवन मल्ल ठकुरीले बताउनु भयो ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा नगरपालिका वडा नं. ४ सिमरा निवासी २१ ब्र्षिय विवश कार्की र सोही निवासी २१ ब्र्षिय मुकुन्द कार्कीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक ठकुरीले जानकारी दिनुभयो । प्रतिवन्धित लागु औषध सहित पक्राउ गरिएको द्वय कार्कीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस