आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विप्लवका पोलिटब्युरो सदस्य नेकपामा प्रवेश

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) ३०५ पाठक संख्या

जेठ १९
काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिट ब्युरो सदस्य पदबहादुर राई नेपाल कम्युनिस्‍ट पार्टी (नेकपामा) मा प्रवेश गरेका छन्। पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बिच आइतबार उनी नेकपामा प्रवेश गरेका हुन्।

नेता राईलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा भित्र्याए। राईलाई स्वगत गर्दै उनले पहिले आफूसँगै काम गरेको असल तथा कुशल योद्धालाई पार्टीमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी महसुस भइरहेको बताए। राई पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री समेत भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस