आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घरको छतबाट खसेर एक बृद्धको मृत्यु

AuthorAP Khabar२०७५ मंसिर १८, मंगलबार (५ साल अघि) ५८७ पाठक संख्या

AP सम्वादाता

भक्तपुर , मंसिर १८ : भक्तपुरमा घरको छतबाट खसेर एक बृद्धको ज्यान गएको छ । ज्यान जानेमा चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वती खेल बस्ने ७३ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् ।

उनको छतबाट खसेर सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी नविना श्रेष्ठको ३ तले घरको छतमा घाम ताप्न गएका श्रेष्ठ सोहि घरको छतबाट खसेका थिए । खसेर गम्भीर घाइते भएकोमा उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घट्नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस