आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) २८१ पाठक संख्या

जेठ १९

विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित भएको छ । चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन गत जेठ १ गतेबाट जोडिएसँगै जिल्लामा विद्युत् अनियमित भएको हो ।

गर्मीको समयमा दुई दिनदेखि बत्ती नआउँदा स्थानीयवासी समस्यामा परेका छन् । नेपालको राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भएको दुई दिनसम्म मर्मत गर्न नसक्दा पूरै जिल्ला अन्धकारमा छ । भारतबाट आयात गरिएको ८०० किलोवाट विद्युत् कटौती गरिएपछि जिल्लावासी झन् समस्यामा परेको हो ।

प्राधिकरणका कर्मचारी मीनराज पन्तका अनुसार विद्युत् सुचारु गर्न कर्मचारी पठाइएको भए पनि सामान टुटफुट हुँदा अझै समय लाग्ने बताए । शैल्यशिखर नगरपालिकाको वडा नं ६ ग्वानीमा विद्युत्को फल्ट पत्ता लागेको छ । अन्य क्षेत्रमा कस्तो छ भन्ने त्यस क्षेत्रमा लाइन चार्ज गरे मात्रै थाहा हुन्छ, उनले भने ।

बजारमा बत्ती नहुँदा स्थानीयवासी भने भारतीय बजारमा गएर मोबाइल चार्ज गर्न जान थालेका छन् । धारचुलाका चिनेका आफन्त र व्यापारीकहाँ गएर मोबाइल चार्ज गर्नुपरेको खलङ्गाका स्थानीयवासी मङ्गलसिंह ह्याकीले बताए ।

शनिबार पानी परेर गर्मीको अनुभव भएन । आज पनि बत्ती आएन भने त यस्तो गर्मीमा कसरी बस्ने । बत्ती नहुँदा अस्पतालका बिरामीसमेत मार्कामा छन् ।

जिल्लाका सञ्चारमाध्यम रातिको समयमा बन्द हुने गरेका छन् । विद्युत्बाट चल्ने बजारका पसलको कामकाज ठप्प छ । स्थानीय व्यापारी राजेन्द्र बडुले भने, ‘विद्युत् आपूर्ति बन्द हुँदा पत्रपत्रिका दुई दिनदेखि छापिएको छैन । मेसिन चलाउने बत्ती नहुँदा फ्ल्याक्स प्रिन्ट, अपसेट, फोटोकपी मेसिन, फोटो स्टुडियोको काम समेत प्रभावित भएको छ ।’

प्रतिक्रिया दिनुहोस