आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको राजपाको आरोप

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) २९० पाठक संख्या

जेठ १९
काठमाडौं :
राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालले संविधानले गरेको व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेश र स्थानीय तहमा कर्मचारीको पदुपर्तीका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर आपत्ती जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाए । उनले संविधान विपरित लोकसेवा आयोगले गरेको विज्ञापन आव्हानलाई तत्काल सच्याउन माग गरे ।

उनले संवैधानिक परिषदले न्यायधीश नियुक्तिमा संविधानको पालना नगरेको तथा सरकारले राजदुत नियुक्ति गर्दा समावेशी समानुपातिक सिद्धान्त अस्वीकार गरेको पनि बताए । नेता कर्णले सरकारले नमान्ने, संवैधानिक अंगहरुले नमान्ने अनि संविधान जनताले मात्र मान्नुपर्ने हो भनि प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस