आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलिउड सुपर स्टार सलमानको फिल्म ‘भारत’ ले पहिलो दिनमा ३० करोड कमाउने यस्ताे प्रेडिक्सन

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) ३४६ पाठक संख्या

जेठ १९ एजेन्सी । बलिउड सुपरस्टार सलमान खानका फिल्म ‘भारत ‘जुन ५ बाट भारतका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ। खास गरी इदको मौका पारी यो फिल्मलाई रिलिज गर्न लागेको हो ।

पछिल्लो केही वर्षदेखि सलमानले आफ्नो फिल्मलाई इदको समयमा प्रदर्शन गर्दै आएका छन् । उनको फिल्मले प्रदर्शनको पहिलो दिन भने राम्रो नै कमाई गर्दै आएको भारतीय मिडियामा खबर छ । हाल भारतीय हलहरुमा आउन लागेको फिल्म ‘भारत’ ले कती कमाई गल्र्लान त भन्ने उत्सुक्ता जगाएको छ ।

सलमान र कटरीना कैफ स्टारर फिल्म ‘भारत’ इदमा रिलिज हुने भएकोले यो फिल्मले पहिलो दिनमा ३० करोड आकाडा छुन सक्ने प्रेडिक्सन भारतीय मिडियाहरुले गरेको छ । पछिल्लो हरेक साल इदमा रिलिज भएको उनको फिल्मले नयाँ रेकर्ड बनाइएको छ ।

५ जुनमा क्रिकेट ‘वल्र्ड कप’ मा भारतको म्याच साउथ अफ्रिकासंग हुँदैछ । तर ट्रेड एनालिस्टका अनुसार फिल्मका कमाइमा भने क्रिकेट म्याचको धेरै असर नहुन सक्छ । यो भन्दा अगाडि सलमानको इदमा रिलिज भएको फिल्महरुले कमाई गरेको इतिहास यस्तो छ ।

‘रेस ३’

फिल्म ‘रेस ३’ इद पर्वको दिन रिलिज भएको थियो । यो फिल्मले पहिलो दिन २९.१७ करोड कमाई गरेको मिडियले जनाएको छ । फिल्मको निर्देशक रमो डिसूजाले गरेका थिए । यो फिल्ममा सलमान खानसंगै अनिल कपूर , बाबी देओल, जैकलिन फर्नाडिस,डेजी शाह, साकिब सलीम लगायतका कलाकारहरुको अभिनय रहेको थियो ।

‘ट्युबलाइट’

फिल्म ‘ट्युबलाइट’ ले पहिलो दिनमा २१ करोड गरेको रेकेर्ड रहेको बताइको छ । सलमानले भारतीय मिडियासंग कुराकानी गर्दा फिल्म ‘ट्युबलाइट’ एक सफल फिल्म रहेको बताउदै आएका थिए ।

‘सुल्तान’

फिल्म ‘सुल्तान’ सलमान खानका सुपरहिट फिल्म मध्य एक हो । यस फिल्ममा सलमानले रेसलरका भूमिका निभाएका थिए । फिल्मले बक्स अफिसमा शानदार कलेक्शन गरेको बताइएको थियो । फिल्मले पहिलो दिन ३६.५४ करोड कलेक्सन गरेको जनाएको थियो । सलमानसंग अनुष्का शर्माले अभिनय गरेकी थिइन् ।

‘बजरंगी भाइजान’

सलमान खानकी सुपरहिट फिल्म ‘बजरंगी भाइजन’ ले पहिलो दिन २७.२५ करोड कमाएको थियो । ‘बजरंगी भाइजान’ का निर्देशन कबीर खानले गरेका थिए । जसमा सलमानका साथ करीना कपूर अहम भुमिकामा नजर आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस