आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिकामा पर्यटन प्रबद्धन गर्न जनहित उपभोक्ता समितिद्धारा अभियान शुरु

AuthorAP Khabar२०७५ मंसिर १८, मंगलबार (५ साल अघि) ८६४ पाठक संख्या

AP संवादाता
जीतपुर, मंसिर १९  : पर्सा राष्ट्रिय निकुञ्जसंगै जीतपुरसिमरा उपमहानगरपालिकामा पर्यापर्यटनको आधारहरु तैयार पार्न जनहित उभोक्ता समितिले अभियान शुरु गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज मध्वर्ती क्षेत्रमा रहेका स्थानियहरुको जिविको पार्जनको ब्यवस्थापन तथा जिवनस्तरमा सुधार ल्याउन पर्यटनले मुख्य भुमिका निर्वाह गर्ने उद्धेश्य सहित यो अभियानको सुरुवात गरीएको हो ।

अभियानको पहिलो दिन मंगलबार जनहित उभोक्ता समितिले जीतपुरसिमरा उप–महानगरपालिकाको कार्यालय जितपुरमा आफ्नो प्रसतावना पेश गरेको छ । विगत लामो समयदेखि बन संरक्षणमा काम गर्दै आएको यस समितिले वन–वन्यजन्तु र जौविक विभित्ताको संरक्षण गर्दै जलवायु परिवर्तनसंग सम्बन्धित चेतनामा बृद्धि गर्ने र स्थानियहरुलाई बन संरक्षणका साथै पर्यटनका माध्यमबाट आर्थिक विकासको बाटोमा अग्रसर गराउने उद्धेश्य सहित यस अभियानको सुरुवात गरीएको समितिका अध्यक्ष एवम अभियानका अभियन्ता अमृतलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँले यस नगरभित्र रहेका वनसम्पदाका माध्यमबाट पर्यटनको विकाससंगै यहाँका स्थायिनहरुको जिवन स्तरमा उललेखनिय बृद्धि गर्न समेत यस कार्यक्रमले सहज गर्ने जानकारी गराउनुभएको थियो ।

समितीले बुझाएको प्रस्तावना पत्र बुझदै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले जीतपुरसिमरालाई पर्यटकीय नगरीको रुपमा चिनाउन संचालित यस अभियानलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । उहाँले स्थानिय तहका साथै प्रदेश र केन्द्र स्तरसम्म यस विषयलाई जानकारी गराउन आवश्यक रहेको बताउदै यस अभियानको सफलताको कामना समेत गर्नुभएको थियो ।

समितिले आजै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २, ३ र ६ मा समेत प्रस्तावना पत्र पेश गरेको छ । प्रस्तावना पेश गर्ने क्रममा वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरे र वडा नम्बर ६ का वडा अध्यक्ष क्यामुदिन अंसारीले आ–आफ्नो वडा भित्र पर्ने क्षेत्रमा पर्यटनको सम्भावनालाई पहिचान गरी त्यसमा लगानि गर्न ईच्छुक रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा जीपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती चौधरी, मुसहर्निमाई सामुदायीक बन समुहका अध्यक्ष कुवेर न्योपाने, भिमेश्वर सामुदायीक बन समुहका अध्यक्ष पेशलकुमार मुल्मी, चिनबहादुर पाख्रिन, राम सिल्वाल, मनोज न्योपाने, शोभा खतिवडा, डिल्लबिहादुर थापा, सत्यनारायण कुवँर, समितिका कार्यालय सहायक राजन न्योपाने, लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस