आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको बसतपुरमा शारिरीक रुपमा अपांगता भएका ब्यक्तीहरुका लागी क्षमता अभिबृद्धी तालिम सम्पन्न

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) ३५७ पाठक संख्या

जेठ १९
कलैया :
बाराको कलैया उपमहानगरपालिका २० बसतपुरमा शारिरीक रुपमा अपांगता भएका ब्यक्तीहरुका लागी क्षमता अभिबृद्धी तालिम आइतबार सम्पन्न भएको छ ।

अपांगता भएकै आधारमा आजको युगमा कोहि कसैले अपहेलना गर्न नहुने कलैया उपमहानगरपालिका २० का वडाध्यक्ष एवम कलैयाको न्यायीक समिती सदस्य महमद इमामुदिनले बताएका छन ।

वडाध्यक्ष इमामुदिनले आफ्नो वडामा अपांगमाथि कुनै किसिमको हिंसा नसहने बताउदै आफू सदैव सबै फरक क्षमता भएकाहरुको साथमा रहेको बताए । तालिमको प्रमुख अतिथी समेत रहेका इमामुदिनले आउने दिनमा पनि आफू फरक क्षमताका ब्यक्तिहरुका लागि वडामा बजेट छुट्याउनुका साथै नगर स्तरिय बजेट मा पनि अपांगलाई विशेष ध्यान राखेर बजेट बनाउन पहल गर्ने बताए ।

श्री गरिबी निवारण संस्थाको आयोजना तथा कलैया उपमहानगरपालिका वडा नम्बर २० को सहयोगमा भएको तालिममा वडा भरिका ३२ जना शारिरीक रुपमा अपांगता भएका ब्यक्तीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस