आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्युत् चोर्ने आठ जना पक्राउ

AuthorAP Khabar२०७५ मंसिर १९, बुधबार (५ साल अघि) ४६३ पाठक संख्या

राजविराज ,मंसिर १९: सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले विद्युत्को पोलमा अङ्कुस लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको विद्युत् प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताउनुभयो ।

छिन्नमस्ता गाउँपालिका–१ का प्रदीप राय, सैनिक राय, रीतानन्द राय, कमलेश राय, देवनारायण राय, रामधन खंग, वडा नं ५ का प्रल्हाद दास र वडा नं ७ का जामुन रायलाई पक्राउ गरिएको हो । पक्राउ गरिएकालाई विद्युत् ऐनअनुसार जनही रु १५ हजार ५०२ जरिवाना असुल गरी छाडिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस