आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै

AuthorAP Khabar२०७६ जेष्ठ २१, मंगलबार (४ साल अघि) ३०३ पाठक संख्या

जेठ २१
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । विभागीय जिम्मेबारी बाँडफाँड लगायतका विषयमा सहमति जुटाउन सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालयकै नेताहरुका बीचमा सहमति जुटन नसकेपछि केही समयदेखि बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा केन्द्रिय सदस्यहरुको कार्यविभाजन, शिर्ष नेताहरुको जिम्मेवारी र विभिन्न विभागको नेतृत्व चयनका विषयमा छलफल हुनेछ ।

नेकपामा संगठन, आर्थिक, पार्टी स्कुल र प्रचार विभागको संयोजक बन्नका लागि पूर्व एमाले र माओवादी नेताहरुबीचमा हानथाप छ । पोलिटब्यूरोमा पनि दुबै समूहले आआफ्नो भागमा पर्ने ब्यक्तिको नाम चयन गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस