आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बुलेटको नयाँ मोटरसाइकल बजारमा, मूल्य कति ?

AuthorAP Khabar२०७६ जेष्ठ २१, मंगलबार (४ साल अघि) ११२३ पाठक संख्या

जेठ २१
काठमाडौं । बुलेट अर्थात ‘रोयल इनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड गु्रपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरीे नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो । ग्रे कलरमा सजिएको सो मोटरसाईकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ ।

नेपाली युवाहरुको सपनालाई पूरा गर्न यो नयाँ मोडलको मोटरसाईकल बजारमा ल्याइएको र यसको मूल्य चालु आर्थिक वर्ष सम्पन्न भएसँगै केही बढ्ने विवेक अटोमोवाईल्स प्रालिका प्रमुख विवेक दुगडले जानकारी दिनु भयो ।

कम्पनीले आजैबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत यो मोडलका मोटरसाईकलको विक्री वितरण खुला गरिएको पनि जनाएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको सो मोटरसाईकल सुरक्षित र भरपर्दो हुने सो कम्पनीको दाबी छ ।श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस