आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संविधान संसोधन प्रक्रिया अघि बढाउन राजपाको सरकारलाई ध्यानाकर्षण

AuthorAP Khabar२०७६ जेष्ठ २१, मंगलबार (४ साल अघि) २९३ पाठक संख्या

जेठ २१
काठमाडौं : राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संसोधनको प्रतिवद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राजपाका सांसद प्रमोद शाहले सरकार गठनको समय देखि नै उठेको संबिधान संसोधनमा सरकारले गम्भिरता नदेखाएको बताएका हुन् ।

उनले राज्यको विभेदकारी नीति विरुद्ध संविधान संसोधनका लागि रुलिङ गर्न सभामुखसंग आग्रह समेत गरे । सरकारले संघियताको मर्म र भावना विपरित आफ्ना कार्यक्रम अघि बढाएको भन्दै सांसद साहले संविधान ‘नाजायज औलाद’ जस्तो भएको टिप्पणी गरे । संसद बैठक शुरु भए लगत्तै राजपा सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले सांसद शाहलाई बोल्नका लागि समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस