आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आँप खाँदै हुनुहुन्छ, होशियार !

AuthorAP Khabar२०७६ जेष्ठ २२, बुधबार (४ साल अघि) ४५४ पाठक संख्या

जेठ २२ काठमाडौं । आँपलाई फलफूलको राजा मानिन्छ । आँप पाक्ने सिजन आउनै बाँकी छ । तर फलफूल बजार भने आँपले पहेँलपुर भइसकेको छ ।

प्राकृतिक रुपमा असार–साउनमा मात्र पाक्छ आँप । तराईमा आँप काँचै छ, पहाडमा त भर्खर चिचिला लागेको छ । तर बजारमा आँप उपभोक्ताले खाइनसक्नु आइसकेको छ । डल्ले , सिंधुरे , चिउरी सबुजा, मालदह, दशहरी, बम्बै, कलकतिया र सरिह कुन खाने ? व्यापारीले विभिन्न किसिमका आँप बेचिरहेका छन् ?

उपभोक्ता पनि बेमौसममै आँप खान पाउँदा दंग छन् । कहाँबाट आउँछन् यस्ता आँप ? कसरी पकाइन्छ यसलाई सिजन अगावै रु प्रश्न टडकारो छ, सवाल गम्भीर । उपभोक्ताको स्वास्थ्य जोखिममा छ तर तर भन्ने कहाँ, सुन्ने कसले ?

बेमौसमी आँप बाहिरी मुलुकबाट आउने गरेको छ । किसानले आँप काँचै टिपेर व्यवसायीलाई दिन्छ्न्, । व्यवसायीले विभिन्न रसायन प्रयोग गरेर त्यसलाई पहँेलो देखिने गरी गलाउँछन् । खानेबेला नहुँदै रसायनबाट गलाइएको आँप बजारमा ओइरिएको छ । उपभोक्ताले यस्तै आँप खाइरहेका छन् ।

नेपाल भारत बंगलादेश पाकिस्तान अधिक मात्रामा आँप पाइने देश हुन् । संस्कृतमा आम्रफलम्, नेपालीमा आँप हिन्दीमा आम भनिने आँपको वैज्ञानिक नाम मेङगोफेरा इण्डिका हो । आँपका नाम जस्तै यसका प्रकार पनि अनेक छन् । डल्ले आँप, सिंधुरेआँप,चिउरी आँप, सबुजा आँप चिनी आँप नेपाली भूमिमा पाइने रैथाने आँप हुन् । मालदह, दशहरी,बम्बै,कलकतिया,सरिह जस्ता आँप भारतबाट नेपालमा आयात हुन्छ। स्वादका दृष्टिले अलफान्सो नामको आँप विश्वप्रसिद्ध मानिन्छ ।

नेपाली समाजमा आँपको प्रयोग युगौंदेखि हुँदै आएको छ । घरछेउमा आँपको बाट रोप्ने, चउर चरन चौतारीमा आँपका रुख लगाउने, ठाउँठाउँमा आँपका बगैंचा बनाउँने चलन पनि छ । सिरहा सप्तरीलगायत समग्र तराईक्षेत्र आँपका लागि प्रसिद्ध छ । तराईका विभिन्न ठाउँमा आँपका बगैंचा देखिन्छन् । त्यस्तै काभ्रेको पाँचखाल,नुवकोटको त्रिशुलीको कोलनी आँप बगैचा, कास्की पोखराको मासबार आँप बगैचा स्याङ्जा वालिङको फूलबारी आँप बगैंचाहरु मुलुकमा चर्चित छन् । आँपका पात कलशमा राखिने भएकाले यो साँस्कृतिक महत्वको वृक्ष पनि हो ।

नेपाली जनताले आँपको आँत बुझेका छन् । यसले दिने लाभ र सदुपयोगका विधि जानेका छन् । अचार खाने आँप,अम्चुर बनाउने आँप पाकेपछि खाने आँप छुट्टयाएर प्रयोग गर्दैआएका छन् । आँप उपयोगको परम्परा नै रहेको समाजमा आज ऋतुभन्दा पहिले आउने आँपले सबैलाई चकित पारेको छ । आम जनताले सोध्दैछन छिटो कसरी पाक्यो आँप ?

किसानदेखि व्यवसायी, सबैमा कमाउने होडबाजी छ । सबैलाई छिटो धेरै कमाउनु परेको छ । किसानहरु आफ्नो उत्पादन जतिसक्दो छिटो बजारमा पुर्याउन चाहन्छन् । अनि त्यसमा संलग्न व्यवसायी पनि सजिलै धेरै कमाउन चाहन्छन् । आँपमा पनि त्यही प्रवृति देखिएको छ ।

बाहिरबाट आउने विभिन्न विधिबाट छिटो पकाइएका बेमौसमी आँपले फलफूलबजारमा सिजन अगावै स्थान ओगट्छन् । त्यसबाट एकतातिर देशभित्रका व्यावसायिक आँप उत्पादकलाई निराश बनाउँछ । अर्कातिर उपभोक्तामाथि खेलवाड । उपभोक्ताले आँपसँगै पैसा तिरेर बिषादी खाइरहेका छन् ।

स्वास्थ्यकर्मीहरुले आँप पकाउन प्रयोग गरिएको बिषादीले विभिन्न स्वास्थ्य समस्या हुनसक्ने चेतावनी दिइरहेका छन् । तर रोकिएको छैन, बिषादीयुक्त आँपको उपभोग । यस्ता आँपप्रति किन मौन छ, प्रशासन रु यसमा कसले कसलाई कारबाही गर्ने र ?

चासो आँप कसरी पाक्यो , बजारमा किन चाँडै आयो भन्ने मात्र होइन । चिन्ता स्वास्थ्यको हो, सवाल स्वाभिमानको । जनस्वास्थ्यप्रतिकोउच्च सतर्कता नै राष्ट्रिय स्वाभिमान हो । हामीले हाम्रै स्रोत र उत्पादनमा जनताको स्वास्थ र स्वाभिमान कायम राख्नुपर्छ । हामी पेटले होइन शिरले बाँच्नुपर्छ ।श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस