आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौंभित्रै खुलेआम गाँजा खेती, १७ सय रोपनीमा फैलिएको गाँजा फडानी

AuthorAP Khabar२०७६ जेष्ठ २२, बुधबार (४ साल अघि) ३०४ पाठक संख्या

जेठ २२
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १, ओख्रेनीका स्थानीयले खुलेआम गाँजा खेती गर्दै आएका छन् ।

घरायसी प्रयोजनका लागि गाँजाखेती गरेको उनीहरुको दाबी रहे पनि भएभरको जमिनमा देखिने गाँजाको जंगलले ब्यापारिक रुपमै खेती गरेको हो भन्ने प्रष्ट हुन्छ ।

प्रहरीले बेला बखत गाँजा खेती बढी हुने स्थानको पहिचान गरी फडानीको अभियान चलाउने गर्दछ ।

यसै साता नेपाल प्रहरीको लागू औषध ब्युरोले काठमाडौंको सुन्दरी जल भन्दा माथि रहेको ओख्रेनीको ग्रामीण भेगमा गाँजा फडानी गर्‍यो ।

ब्यूरोका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त कुमार लामाको नेतृत्वमा ब्युरोका २६ जना र महानगरिय प्रहरी कार्यालय मातहतका प्रहरी गरी १ सय २६ जनाको टोलीले छुट्टाछुट्टै १७ सय रोपनीमा लगाइएको गाँजा फडानी गरेको हो ।

सुन्दरीजलबाट १८ सय मिटर माथि र ७ किलो मिटरको दुरीमा पर्ने यस स्थानका अधिकांस बासिन्दाका जग्गामा गाँजा खेती रहेको देख्न सकिन्छ ।

पछिल्लो समय गाँजाखेती फुकुवा गर्नु पर्ने वहस शुरु भए पनि नेपालको विद्यमान कानुनले गाँजालाई लागू औषध नै मान्ने गरेको छ ।

नेपालको संसदमा पनि सत्तारुढ दलकै सांसदले गाँजालाई लागू औषधको परिभाषाबाट हटाएर यसको ब्यावसायिक खेती गर्नुपर्ने माग भने गरिसकेका छन् । कतिपयले गाँजालाई औषधिको रुपमा ब्याख्या पनि गर्न थालेका छन् ।

गाँजा सेवन नै लागूपदार्थ दुव्र्यसनीतिरको पहिलो खुड्किलो भएको तर्क पनि उत्तिकै बलियो छ ।

त्यसो त नेपालको विद्यमान कानुन अनुसार गाँजा खेती र त्यसको ओसारपसार अवैध नै हो ।

गाँजा खेति, उत्पादन, सेवन वा ओसार पसारलाई निरुत्साहित गर्नु आफूहरुको कर्तब्य भएको लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त कुमार लामा बताउँछन् ।

नेपालमा धादिङ र मकवानपुर लगायतका केही जिल्लाहरुमा अहिले पनि गाँजा खेती प्रशस्त मात्रामा हुने गर्दछ ।

कानुनले अवैध भन्दा भन्दै पनि स्थानीय जनता गाँजा खेतीमा आकर्षित भईरहेकै छन् भन्नेमा शंका छैन ।

त्यसैले यस्ता विषयमा राज्यले विशेष ध्यान पुर्‍याउनु जरुरी देखिन्छ ।श्रोत इमेज खबर

प्रतिक्रिया दिनुहोस